काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणना सोमबार ढिला गरी सुरु भएको छ । भर्खरै सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार माओवादी केन्द्रकी निम लेकी शेर्पाले झन्डै दोब्बर मतले अग्रता लिएकी छन् ।
उनले ८०९ मत पाउँदा नेकपा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत ल्याएकी छन् । त्यस्तै कांग्रेसकी पासदिकी तामाङले २४० मत पाएकी छन् भने रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन् ।
यसअघि गौरीशंकर उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ माओवादीको सहयोगमा ४ हजार ७४१ मतसहित विजयी भएका थिए ।