• Menu

नागरिक लगानी कोषका शाखा कार्यालयबाट पनि आवास र सरल कर्जा

नेपाल प्रफिट

२०८१ मंसिर १७, १३:२९

नागरिक लगानी कोषका शाखा कार्यालयबाट पनि आवास र सरल कर्जा

काठमाडौं । नागरिक लगानी कोषका सहभागीले शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा पाउने भएका छन् । सबै शाखा कार्यालयबाट सहभागीलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको हो ।

सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको कोषले जनाएको छ । यसअघि सबै शाखा कार्यालयले आवास र सरल कर्जा स्वीकृतिका लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ ।

त्यसैगरी कोषले सहभागीलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।