काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको पहिलो खेलमा चितवन राइनोजले जित निकालेको छ । चितवनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकालेको हो ।
टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन बनाएको थियो । काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पाकिस्तानका सोहेल तन्विरले ५ विकेट लिए ।
११२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिमा जित निकालेको हो ।