• Menu

कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी

नेपाल प्रफिट

२०८१ मंसिर १७, ११:१६

कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १ हजार ५५ मतसहित वडाध्यक्ष निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निकटतम प्रतिद्वन्द्री स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन् । त्यस्तै माओवादीका नारायण विष्टले ३८१ र एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन् भने राप्रपाका बिजेश बस्नेतले १४२ मत पाए । कीर्तिपुर १ मा पनि कांग्रेस उम्मेदवारले नै जित हात पारेका छन् ।

कीर्तिपुरको प्रमुख पदमा भने मतगणना जारी छ ।