काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निर्वाचित भएकी छन् । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ २ हजार ९०२ मतसहित वडाध्यक्ष निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे भने २ हजार २१४ मतसहित नेपाली कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।
२०७९ को स्थानीय चुनावका बेला रास्वपा पार्टी नै गठन भएको थिएन ।