• Menu

कीर्तिपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै

नेपाल प्रफिट

२०८१ मंसिर १७, १०:१३

कीर्तिपुरमा कांग्रेस उम्मेदवारको अग्रता कायमै

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनको अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

बिहान ९:३० बजेसम्मको परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल १३ सय १३ मतसहित अगाडि छन् । नेकपा (एमाले) का उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मतसहित कांग्रेसलाई पछ्याइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जन ७१६ मतसहित तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ६३१ र राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन् ।