• Menu

९.९९ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर १६, १६:१८

९.९९ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेको छ । आज परिसूचक ९.९९ अंकले घटेर २७३८.६ को बिन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता सेयर ८२ हजार ६ सय दुई पटक खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ बराबरको कारोबार भएको छ ।

व्यापार समूह ९.०७, विकास बैंक समूह ४.५२ र होटल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह २.९६ प्रतिशतले घटेको छ ।

बैंकिङ १.४७, जलविद्युत १.१४, लगानी १.१५, जीवन बिमा १.३५, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.९२, म्युचुअल फण्ड ०.२३, निर्जीवन बिमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

५ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार ७ सय १७ बराबरको कारोबार भएको छ ।

त्यस्तै, कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ८ हजार ३ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्