काठमाडौं । बिहीबार ३ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारबार १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ निर्धारण भएको हो ।
कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ८०० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबारका लागि १ हजार ८४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।