• Menu

एनआरएन इन्फ्रास्ट्रक्टर एन्ड डेभलपमेन्टको लाभांश घोषणा, सतप्रतिशत हकप्रद प्रस्ताव

नेपाल प्रफिट

२०८१ मंसिर १३, ११:४०

एनआरएन इन्फ्रास्ट्रक्टर एन्ड डेभलपमेन्टको लाभांश घोषणा, सतप्रतिशत हकप्रद प्रस्ताव

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्टर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावअनुसारको लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरणका लागि कम्पनीले पुस २० का लागि बुक क्लोज मिति तोकेको छ ।

सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि चुक्तापुँजीको सतप्रतिशत लाभांश वितरणको प्रस्ताव धितोपत्र बोर्डमा लैजाने निर्णय पनि गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ६४८ रुपैयाँ छ ।

कम्पनीको सेयर मूल्य बुधबार १०५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले गत वर्ष ५.२६ प्रतिशत नगद वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्