• Menu

सामान्य घट्यो सुनको मूल्य, एक महिनामा प्रतितोला २१ हजार ४ सय घट्यो

नेपाल प्रफिट

२०८१ मंसिर १३, ११:२१

सामान्य घट्यो सुनको मूल्य, एक महिनामा प्रतितोला २१ हजार ४ सय घट्यो

काठमाडौं । सुनको मूल्य बिहीबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला ३ सय रुपैयाँ घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा झरेको हो ।

कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि कात्तिक १५ को उच्च विन्दुबाट सुन प्रतितोला २१ हजार ४ सय रुपैयाँ घटिसकेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार १ हजार ८३० रुपैयाँ प्रतितोला रहेको चाँदी बिहीबारका लागि १ हजार ८ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।