काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावअनुसारको लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
हाल १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको बोनस सेयर वितरणपश्चात चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँ पुग्नेछ ।