काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बक्यौता उठाउन उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न दिएको निर्देशनअनुसार नै सञ्चालक समितिले निर्णय गरेको हो ।
उद्योगी बक्यौता भुक्तानी आनाकानी गरिरहेका बेला सञ्चालन समितिले गरेको यस प्रकारको निर्णयमा सञ्चालकहरु कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको बुझिएको छ ।