काठमाडौं । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको हो ।
मंगलबार सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो । सुनको मूल्य यसअघि कात्तिक १५ गते हालसम्मकै १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि केही घटेको मूल्यमा सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको भाउ ह्वात्तै घटेको हो ।
चाँदीको पनि आज प्रतितोला १० रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८२० रुपैयाँ रहेको चाँदीको मूल्य आजका लागि १ हजार ८३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।