काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा २ हजार ६ सयले घटेर प्रतितोला एक लाख ४८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार तोलामा एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
सरकारले भन्सार महसुल घटाएसँगै नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार महसुल घटेर १० प्रतिशतमा झारेपछि सुनको मुल्य घटिरहेको छ । सोमबार मात्र तोलामा १५ हजार ९ सयले घटेको थियो ।
त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १८२० रुपैयाँमा कारोबार भइरहेको छ ।