• Menu

१५ अंकले बढ्यो सेयर बजार, ६ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर १०, १६:०७

१५ अंकले बढ्यो सेयर बजार, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५.८३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३४ करोडको कारोबार भएको छ । कुल १६९ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने घटेको छ । ९ को भने स्थिर रहेको छ । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२७ प्रतिशत बढ्यो ।

त्यस्तै, बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, हाइड्रोपावर ०.४४, लगानी १.०५, जीवन बीमा ०.२३, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशत बढे । उत्पादन समूह ०.२३ प्रतिशत घट्यो ।

बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, स्वाभिमान लघुवित्तको ९.७, सप्तकोशी विकास बैंकको ९.६, विन्ध्यबासिनी हाइड्रोपावरको ८.५, एनएलजी इन्स्योरेन्सको ७.४, थ्रीस्टार हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको १० प्रतिशत मूल्य घटेको छ भने जानाकी फाइनान्सको ३.४ तथा मध्यभोटेकोशीको २.९ प्रतिशत मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्