• Menu

बाढीले तहसनहस पारेको दुई महिनापछि बल्ल क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

नेपाल प्रफिट

२०८१ मंसिर ६, १०:५२

बाढीले तहसनहस पारेको दुई महिनापछि बल्ल क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण प्रदेशस्थित कृषि कार्यालयमार्फत संकलन गर्न थालिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

बाढीले बालीनाली सखाप पारेका किसान सरकारको राहत रकम आस गरेर बसिरहेका छन् । तर, बाढीले तहसनहस पारेको दुई महिना पुग्न लाग्दा बल्ल कृषि मन्त्रालयले वास्तविक किसानको नोक्सानीको विवरण संकलन गर्न थालेको हो ।

वास्तविक किसानको तथ्यांक संकलन भएपछि उनीहरुलाई विभिन्न दातृनिकाय र विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार बाढीपहिरोबाट सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा क्षति भएको छ । बाढीबाट ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्