काठमाडौं । सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको छ । काठमाडौंको माइतीघरमा निषेधित क्षेत्र तोड्न लागेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
हस्तक्षेपपछि उग्र बनेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । सहकारीपीडित ललितपुरको पुल्चोकमा भेला भएर नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।