काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५१ अंकले घटेको छ । बैंक, बिमा, होटल, वित्त, लगानीलगायतका सबै समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ५१.११ प्रतिशतले घटेर २७०२.६५ अंकमा झरेको छ ।
कारोबार रकम भने सुस्ताएको छैन । आज ३१० कम्पनीको १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक घट्दा पनि २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको सेयर मूल्य घटेको छ ।