• Menu

सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक आठौँपटक सम्मानित

नेपाल प्रफिट

२०८१ मंसिर २, १२:०४

सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक आठौँपटक सम्मानित

काठमाडौं । नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रतर्फ नबिल बैंक सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रम नबिल बैंकलाई शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरेका छन् । यससँगै यो विधामा नबिल बैंक आठ पटक सम्मानित हुने बैंक बन्न सफल भएको छ ।

नबिल बैंक यसअघि आव २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो । सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ । बैंकका देशभर २६८ शाखा र ३२० एटीएम सञ्चालनमा छन् ।