• Menu

शरद् ऋतुमा ३७ हिमाल आरोहण गर्न ७० देशका ८७० आरोहीले लिए अनुमति

नेपाल प्रफिट

२०८१ कात्तिक २९, बिहीबार १९:४३

शरद् ऋतुमा ३७ हिमाल आरोहण गर्न ७० देशका ८७० आरोहीले लिए अनुमति

काठमाडौँ । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका ८७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि १११ आरोही समूहका २०२ महिला र ६६८ पुरुष गरी कुल ८७० जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहणबापत ६ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेको र अब दुई-चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको छ ।

विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका ३०८ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

अमादब्लम १४ आरोही समूहका १५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका १२४ तथा धौलागिरिमा एक आरोही समूहका १४ र मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्