• Menu

साताको दोस्रो दिन पनि बढ्यो नेप्से, सवा ११ अर्बको सेयर किनबेच

नेपाल प्रफिट

२०८१ कात्तिक २६, सोमबार १५:२३

साताको दोस्रो दिन पनि बढ्यो नेप्से, सवा ११ अर्बको सेयर किनबेच

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आइतबार ६२.५४ अंकले बढेको बजार सोमबार २२.१४ अंकले उकालो लागेको हो । तिहारपछिको पहिलो दुई दिन मंगलबार ०.२१ र बुधबार १.८८ अंकले नेप्से घटेको थियो ।

सोमबार नेप्सेमा सूचीकृत विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बिमा समूह राताम्य भए पनि बैंक, लगानी, जीवन बिमा, उत्पादन, लघुवित्त, म्युचुअल, अन्य र व्यापार समूह बढेपछि समग्र बजार परिसूचक उकालो लागेको छ ।

सबैभन्दा धेरै लघुवित्त समूह ३.२ प्रतिशतले बढेको छ भने बैंक, लगानी र जीवन बिमा समूह १ प्रतिशतभन्दा धेरैले बढेको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटाको भने घटेको छ । सकारात्मक सर्किट लागेका कम्पनीको संख्या नै सात छ ।

आज कारोबार रकम पनि उच्च छ । आज ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा बढी हो । आइतबार ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

तिहारपछिको मंगलबार चार अर्ब २० करोड र बुधबार ५ अर्ब २२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्