• Menu

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

नेपाल प्रफिट

२०८१ कात्तिक २३, शुक्रबार १२:०३

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार ५ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९ सय ८० निर्धारण भएको छ ।