• Menu

सुनको मूल्यमा रेकर्ड, तोलामा १५०० बढ्यो

नेपाल प्रफिट

२०८१ कात्तिक १३, १४:०१

सुनको मूल्यमा रेकर्ड, तोलामा १५०० बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार फेरि सुनको मूल्यले रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढेको छ। यस सँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो

यसअघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो ।

सोमबार भने एक लाख ६७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो । केही दिनयता दैनिक रुपमा सुनको मूल्य बढेर कीर्तिमान हुँदै आएको छ ।