• Menu

सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेलाई मातृशोक

नेपाल प्रफिट

२०८१ असोज २३, बुधबार १०:३०

सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेलाई मातृशोक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रबलजंग पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा उर्मिलाको मंगलबार राति उपचारका क्रममा निधन भएको हो ।

उनी ७० वर्षकी थिइन् । उर्मिलाका श्रीमान् प्रदीपजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

उनको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उर्मिलाका तीन छोरा प्रबलजंग, प्रतापजंग र प्रज्जवलजंग व्यवसायी हुन् ।

पाण्डेको निधनमा नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दु:ख व्यक्त गरेको छ ।