• Menu

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ असोज २२, १०:४३

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफा तथा पुँजी समायोजन कोषबाट समेत गरी चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । बैंकले अब हुने १८औं वार्षिक साधारण सभाको मिति तोकिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्