• Menu

सुनको मूल्य तोलामा ५०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ असोज २१, १२:०२

सुनको मूल्य तोलामा ५०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २१ असोजः स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० मा निर्धारण भएको छ ।