काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज उकालो लागेको छ । नेप्से परिसूचक आइतबार ५६.०९ अंकले उकालो लागेर २६५३.५८ अंकमा उक्लिएको हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७५ अंकले उकालो लागेर ४७६.४६ अंकमा पुगेको छ । कारोबार भएका १३ उपसमूह नै उकालो लागेका छन् ।
आजको कारोबारमा एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँमा कारोबार भएको छ । आज २१९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९.७६, इस्टर्न हाइड्रोपावर ९.६८,गुडबिल फाइनान्स ९.२७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.१४ प्रशितले कमाएका छन् ।
यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९.४३, एनआइसी एसिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन् ।