काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६१ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ ले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ८० मा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार ९ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।