काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा ४ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार ९ सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि प्रतितोला एक लाख ६१ हजार ३ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ९ सय ५० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि भने एक हजार ९ सय ८० निर्धारण भएको छ ।