• Menu

ग्लोबल आइएमई बैंक र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई १० देखि सतप्रतिशतसम्म छुट

नेपाल प्रफिट

२०८१ असोज १८, शुक्रबार १०:१६

ग्लोबल आइएमई बैंक र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई १० देखि सतप्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्नेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई स्वास्थ्य सेवामा न्यूनतम् १० देखि सतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।

अस्पतालमा बैंकका ग्राहकले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेसन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र छन् ।