काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको संघले जनाएको छ ।
‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
संघले बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यस्तै मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।