काठमाडौँ । स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार ९ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।