काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजयादशमी २०८१ को टीकाको साइतबारे जिज्ञासा राखिएकाले शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ छ । यसैगरी देहली भारतका लागि अक्टोबर १२ बिहान ११:४२, अमेरिकाको न्युयोर्कका लागि अक्टोबर १२ बिहान १०:०१ र अमेरिकाकै फ्याङ्कफर्ट केन्टुकीका लागि अक्टोबर १२ बिहान १०:३९ साइत छ ।
त्यसैगरी, अमेरिकाको वोवेन्स्वोरोक, केन्टुकीका लागि अक्टोबर १२ बिहान ०९:४५, अमेरिकाको टेक्सासका लागि अक्टोबर १२ बिहान १०:०५, अमेरिकाको वासिङ्टन डिसीका लागि ०९:५५ र अमेरिकाको क्यालिफोर्निया लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।
क्यानडाको टोरन्टोका लागि अक्टोबर १२ बिहान १०:१५ र क्यानडाकै भ्यानकुभरका लागि अक्टोबर १२ बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए ।
जापानको टोकियोका लागि अक्टोबर १३ बिहान ११:३५, अस्ट्रेलियाको सिड्नीका लागि अक्टोबर १३ बिहान ११:२१, अस्ट्रेलियाको मेलबर्नका लागि अक्टोबर १३ बिहान ११:२७, अस्ट्रेलियाकै ब्रिसवेनका लागि अक्टोबर १३ बिहान ११:२९, अस्ट्रेलियाको क्याबेराका लागि अक्टोबर १३ बिहान ११:१५ तथा न्युजिल्यान्डको वेलिङ्टनका लागि अक्टोबर १३ बिहान ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए ।
पोर्चुगलको लिस्बनका लागि अक्टोबर १२ बिहान १०:२४, बेलायतको लन्डनका लागि अक्टोबर १२ बिहान १०:२१, फ्रान्सको पेरिसका लागि अक्टोबर १२ बिहान १०:२३, नर्वेको ओस्लोका लागि अक्टोबर १२ बिहान १०:१९ र मलेसियाको क्वालालम्पुरका लागि अक्टोबर १२ बिहान ११:५७ बजेको साइत तोकिएको छ ।
त्यस्तै, युनाइटेड अरब इमिरेट्सको अबुधावीका लागि अक्टोबर १२ बिहान ११:४५, कतारको दोहाका लागि अक्टोबर १२ बिहान ११:०५, थाइल्यान्डको बैंककका लागि अक्टोबर १२ बिहान ११:२१ र दक्षिण कोरियाको सियोलका लागि अक्टोबर १३ बिहान ०९:१५ बजेको साइत शुभ छ ।
समितिका अनुसार इजरायलको तेल अभिभका लागि अक्टोबर १२ बिहान ०९:१६, सिंगापुरका लागि अक्टोबर १२ बिहान ११:४५, हङकङका लागि अक्टोबर १३ बिहान ११:४३, साउदी अरबका लागि अक्टोबर १२ बिहान ११:२३ र म्यानमारको याङ्गुनका लागि अक्टोबर १२ बिहान ११:२१ बजेको साइत तोकिएको छ ।
त्यस्तै स्विट्जरल्यान्डको जेनेभामा अक्टोबर १२ बिहान ११:५५ र माल्टामा अक्टोबर १२ बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको संख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उनले बताए ।