• Menu

नेप्से परिसूचक २२ अंकले घट्यो, तीन महिनायताकै न्यून कारोबार

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १६:४८

नेप्से परिसूचक २२ अंकले घट्यो, तीन महिनायताकै न्यून कारोबार

काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले घटेको छ । आज परिसूचक २२.३६ अंकले घटेर २४६४.४० अंकमा झरेको हो ।

आज ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक खरिद–बिक्री हुँदा कारोबार रकम चार अर्ब पाँच करोड ६ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम तीन महिनायताकै न्यून हो ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह २.९७ र जलविद्युत् समूह २.३६ प्रतिशले घटेको छ ।

बैंकिङ ०.७४, विकास बैंक ०.८९, वित्त १.९१, होटल तथा पर्यटन १.४७ र लगानी समूह १.४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह ०.३१, म्युचुअल फन्ड १.२१, निर्जीवन बिमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज सबैभन्दा बढी ६.६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी अपर साङ्गी हाइड्रोपावरको सेयर मूल्य ०.९९ प्रतिशत घटेको छ ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको १५ करोड ९२ लाख ३० हजार आठ सय २० रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा अपी पावर कम्पनीको चार लाख ८७ हजार चार सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्