• Menu

सुनको मूल्य तोलामा ६ सयले घट्यो, एक लाख ६० हजार ६ सय कायम

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:४१

सुनको मूल्य तोलामा ६ सयले घट्यो, एक लाख ६० हजार ६ सय कायम

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आइतबार सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६० हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ५५ मा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार ९ सय ४५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्