• Menu

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:२१

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सञ्चालक समिति बैठकले शनिबार प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्