• Menu

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १०:५१

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुनेछ । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्