• Menu

काठमाडौंको टुँडिखेलमा भोलि चंगा उडाउने प्रतियोगिता

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार १४:५६

काठमाडौंको टुँडिखेलमा भोलि चंगा उडाउने प्रतियोगिता
फाइल तस्बिर ।

काठमाडौं । दसैँको अवसर पारेर नेकपा एमाले काठमाडौं महानगर कमिटीले चंगा उडाउने प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एमालेनिकट अखिल नेपाल किसान महासंघ काठमाडौं महानगर र राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले संयुक्त रूपमा ‘महानगरस्तरीय चंगा प्रतियोगिता’ आयोजना गरेका हुन् ।

प्रतियोगिता काठमाडौंको टुँडिखेलमा भोलि शनिबार अपराह्न ११ देखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा दुई सयभन्दा बढी सहभागी हुने र दुई हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री रामेश्वर फुयाँलले संस्कृतिको संरक्षणका लागि चंगा उडाउने प्रतियोगिता आयोजना गरिएको बताए । उनले उपत्यकाबासीलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरे ।

‘चाडपर्वका बेला चंगा उडाउने परम्परा हाम्रो मौलिक परम्परा हो,’ उनले भने, ‘तर अहिले ठूलो संख्यामा युवा बिदेसिएको र भएका युवा पनि मोबाइल, ट्याब, गेमिङलगायतमा व्यस्त हुने गरेकाले सबैको ध्यान आकृष्ट गर्न प्रतियोगिता नै आयोजना गरेका हौं ।’ यसबाट मनोरञ्जनका साथै हाम्रो धर्म, संस्कृति र परम्पराको जगेर्नामा सहयोग पुग्ने उनको विश्वास छ ।

एमालेले गत वर्षदेखि चंगा उडाउने प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा गत वर्ष १०५ जना सहभागी भएका थिए ।