• Menu

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार १६:०९

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ : मन्त्री दाहाल

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण दु्रत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे । उनले भने, ‘संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्नेछन् ।’

उनले देशव्यापी रुपमा संघीय मन्त्रालयअन्तर्गतका ४ हजार ५ सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए । दाहालले शुक्रबार विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।