• Menu

सुनको मूल्यमा दिनदिनै रेकर्ड, कति पुग्यो ?

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार १२:४६

सुनको मूल्यमा दिनदिनै रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्यले आज बुधबार हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आजका लागि प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ निर्धारण भएको छ । सुन मंगलबार प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला सात सय रूपैयाँ बढेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ४० रुपैयाँ बढेर १९ सय ५५ रूपैयाँ निर्धारण भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्