• Menu

भोटेकोशी बाढीपीडितलाई पूर्वकर्मचारी संघको चार लाखभन्दा बढी सहयोग

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार १७:०५

भोटेकोशी बाढीपीडितलाई पूर्वकर्मचारी संघको चार लाखभन्दा बढी सहयोग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी संघले भोटेकोशी बाढीपीडितको सहयोग तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार ५०० आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संघले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष देवीराम शर्मालेलाई जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग तथा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

संघले बाढीबाट प्रभावित नागरिकको सहयोग र पुनर्स्थापनाका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो । रासस