• Menu

कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार १७:०१

कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता

अछाम  । कर्णाली नदीमा नुहाउने क्रममा बगेर अछामको मङ्गलसेन नगरपालिका-७ की १२ वर्षीया ममता शाही बेपत्ता भएकी छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित टोट्केसालमा अछाम र दैलेख जिल्लाको सिमानामा पर्ने कर्णाली नदीमा नुहाउने क्रममा शाही बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

काठमाडौंबाट मङ्गलसेन आउँदै गरेकी शाहीसँगै बगेका भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुशल उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए ।