काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री खनालले नवनियुक्त राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
भेटवार्ताका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।