• Menu

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्टि गर्ने अन्तिम दिन आज

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १६:५२

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्टि गर्ने अन्तिम दिन आज

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत बिल प्रविष्टि गर्ने अन्तिम दिन आज रहेको छ ।

विभागका अनुसार २०८३ असोज १ देखि १५ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले आज बिहीबारसम्म खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन् ।

उपभोक्ताले विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइटमा गई खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ। उक्त अवधिका उपहार कुपन असोज १६ गते खोलिने र विजेता घोषणा गरिने विभागले जनाएको छ ।

उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

त्यस्तै, सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले सूचित गरेको छ ।