• Menu

बहुविवाह मुद्दाका फरार प्रतिवादी वीरगन्जबाट पक्राउ

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार ११:१८

बहुविवाह मुद्दाका फरार प्रतिवादी वीरगन्जबाट पक्राउ

पर्सा । प्रहरीले फरार प्रतिवादी प्रक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-३ स्थित जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष चार महिना कैद तोकिएका फरार प्रतिवादी ३९ वर्षीय महमद साविरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा दाखिला गराएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।