• Menu

सरावलमा ६ करोड ८५ लाखको प्रशासकीय भवन निर्माण अन्तिम चरणम, १९ कठ्ठा जग्गामा बन्दैछ अत्याधुनिक भवन

नेपाल प्रफिट

२०८३ असोज २५, आइतबार १४:२८

सरावलमा ६ करोड ८५ लाखको प्रशासकीय भवन निर्माण अन्तिम चरणम, १९ कठ्ठा जग्गामा बन्दैछ अत्याधुनिक भवन

वलपरासी । सरावल गाउँपालिकाको ६ करोड ८५ लाख लागतको निर्माण थालिएको भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत सहभागितामा ६ करोड ८५ लाख ३६ हजार ९८४ मा थालिएको काम ७० प्रतिशत पूरा भएको छ ।

सरकाले भवन निर्माणका लागि गाउँपालिकालाई १९ कठ्ठा जग्गाको भोगाधिकार प्रदान  गरेको छ । भवनको शिलान्यास गत वर्ष मंसिरमा भएको थियो । रासस