• Menu

कांग्रेस महाधिवेशनको मतदान स्थगित

नेपाल प्रफिट

२०८३ असोज २२, बिहीबार १६:११

कांग्रेस महाधिवेशनको मतदान स्थगित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्‍याइए पनि त्यसपछि पनि मतदान सुरु हुन सकेन।

समयमै मतदान सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने नयाँ समय निर्धारण गरेको छ।

निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक निर्वाचन सामग्री छपाइ तथा प्रेसबाट ल्याउन ढिलाइ भएपछि निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको हो।

यसअघि आज बिहान १० बजे मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर निर्वाचन सामग्री व्यवस्थापनमा ढिलाइ भएपछि मतदानको समय पटक–पटक सारिएको थियो। अन्ततः आज मतदान हुन नसकेपछि शुक्रबार बिहानका लागि नयाँ समय तोकिएको हो।