• Menu

कांग्रेस १५औँ महाधिवेशन : उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार १७:१६

कांग्रेस १५औँ महाधिवेशन : उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् ।

चालिसेले बुधबार उम्मेदवारी फिर्ता लिएको पार्टीको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मंगलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार  मतदान हुँदैछ ।