• Menu

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सभापतिका उम्मेदवार किशोरसिंह राठौरद्वारा उम्मेदवारी फिर्ता

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार १६:१६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सभापतिका उम्मेदवार किशोरसिंह राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेता राठौरले सञ्चारकर्मीहरूसँग भने, ‘विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा वर्तमान सभापति गगनकुमार थापाले सहयोग गर्नुपर्र्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु ।’

यसअघि मंगलबार अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उल्लेख गरे ।

नेता राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।