काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते भारत प्रस्थान गर्ने तयारीमा छन् ।
बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारी सहभागी हुनेछन् । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।
बैठकमा क्षेत्रीय सुरक्षा, सहकार्य तथा सदस्य राष्ट्रबीचको समन्वयलगायत विषयमा छलफल हुने जनाइएको छ ।